जनता टाइम्स

१३ फाल्गुन २०७९, शनिबार १६:००

वनभोजमा हृदयघातपछि जसपा सांसद सहनाज रहमानको निधन


काठमाडौं, फागुन १३ । प्रतिनिधि सभा सदस्य सहनाज रहमानको हृदयघातबाट निधन भएको छ।

भक्तपुरको घ्याम्पेडाँडामा वनभोजमा गएका बेला उहाँलाई हृदयघात भएको थियो। खाना खाएर कुर्सीमा बसेकी उनी एक्कासी ढल्नुभएको थियो ।

घ्याम्पेडाँडाबाट रहमानलाई मध्यपुर अस्पताल पुर्याइउको थियो। उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।

हाँ जनता समाजवादी पार्टी नेपालकी समानुपातिक तर्फकी सांसद हुनुहुन्छ । रहमानको निधनलगत्तै सभामुख देवराज घिमिरे अस्पताल पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

६३ वर्षीया उनी जसपाकी केन्द्रीय सदस्य हुन्। उनी मुस्लिम समूदायबाट प्रतिनिधि सभामा समानुपातिक सांसद चयन भएकी थिइन्।