जनता टाइम्स

१३ फाल्गुन २०७९, शनिबार १७:४८

सभामुखलाई ताप्लेजुङबासीको सम्मान


काठमाडौं, फागुन १३ ।  सभामुख देवराज घिमिरेलाई ताप्लेजुङबासीको तर्फबाट ताप्लेजुङ सरोकार केन्द्रले शनिबार सम्मान गरेको

भक्तपुरको गुण्डुमा भएको बनभोज कार्यक्रममा सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले सभामुख घिमिरेलाई सम्मान गर्नुभएको हो

बनभोजमा काठमाडौंमा बसोबास गर्दै आएका ताप्लेजुङ स्थायी घर भएका दुई हजार भन्दा बढीको उपस्थिति थियो सभामुखको जन्मताप्लेजुङको सिकैचामा भएको थियो

कार्यक्रममा सभामुख घिमिरेले आफू प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि पनि ताप्लेजुङबासीले सम्मान गरेको स्मरण गर्दै जिल्लाकोविकासका लागि आफू पनि सँगसँगै हिँड्ने प्रतिबद्धता जनाउनुभयो उहाँले जनताको जीवनमा परिवर्तन नभएसम्म, भौतिक निर्माणलेमात्रै प्रगति मान्न नसकिने समेत धारणा राख्नुभयो

सभामुख घिमिरेले सबैको सहयोगबाट निष्पक्ष तटस्थ रहेर संसद् सञ्चालन गर्ने उल्लेख गर्नुभयो