जनता टाइम्स

१४ फाल्गुन २०७९, आईतवार ११:३७

युवासंघ रुपन्देहीको अध्यक्षमा बस्नेत, यी हुन पदाधिकारी


बुटवल, माघ १४ । नेकपा एमाले निकट राष्ट्रिय युवासंघ रूपन्देहीको १३ औँ अधिवेशनबाट अध्यक्षमा विकासजंग बस्नेत निर्वाचित हुनुभएको छ ।

जिल्ला कमिटीको १३औ अधिवेशनबाट बस्नेत निर्वाचित हुनुभएको हो । अधिवेशनले बस्नेतको नेतृत्वमा ८३ सदस्य कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

त्यस्तै उपाध्यक्षमा दीपक खड्की, सचिवमा दीपेश कंडेल, उपसचिवमा नवराज मल्ल, मधु श्रेष्ठ र कोषाध्यक्षमा नारायण थापा निर्वाचित हुनुभएको छ।