जनता टाइम्स

१४ फाल्गुन २०७९, आईतवार १८:५०

भारतको एउटा गाउँ, जहाँ भुकम्पको डरले मानिसहरु घर बाहिर सुत्छन


गुजरात, १५ फागुन । अहिलो संसार भर भुकम्पको चर्चा भईरहेको छ । हालै टर्की र सिरियामा आएको बिनाशकारी भुकम्पका कारण दुनियालाई त्रसित पनि बनाएको छ कि त्यहाँ हजारौ मानिसहरुले ज्यान गुमाउनु परेको छ । अहिले पनि जापान, पपुनिगिन्या र अफगानिस्तानको क्षेत्रमा भुकम्पको धक्काहरु महशुस भइरहेका छन् ।

भारत देखी विश्वका धेरै बैज्ञानिकहरुले यो भनिरहेका छन कि भारतमा पनि केही समय पछि धेरै ठुलो भुकम्प आउनेवाला छ । यसैबेला भारतको एउटा जिल्ला चर्चामा छ कि जुन जिल्लाले पछिल्लो दुई बर्षमा ४०० भन्दा बढी भुकम्पको धक्का महशुश गरिसकेको छ, जसका कारण यहाँका धेरै मानिस घर बाहिर सुत्ने गर्दै आएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार गुजरातको अमरेली जिल्लामा धेरै भुकम्पका धक्का महशुश भईरहेको हो । दुई बर्ष भित्र यो क्षेत्रमा ४०० भन्दा धेरै पटक धक्काहरुको महशुस गरिएको छ । गान्धिनगरस्थित इन्स्टिच्युट अफ सिस्मोलोजिक रिसर्चको कार्यबाहक महानिर्देशक सुुमेर चोपाडा भन्नुहुन्छ, ‘यसरी पटक–पटक आउने भुकम्प हल्का हुनेछ ।’

उहाँले यो पनि भन्नुभएको छ कि, ‘अमेरेली जिल्लामा आएको ४०० वटा भुकम्पको असर २ प्रतिशत भन्दा कमी छ, त्यसमध्ये सो १३ प्रतिशत झट्का २ देखी ३ प्रतिशतको बिचमा थियो भने पाँचवटा भुकम्पको मात्र ३ प्रतिशत भन्दा बढी झट्का मापन गरिएको थियो ।’

उहाँका अनुसार यस भन्दा पनि धेरै भुकम्प यो क्षेत्रमा आयो तर मानिसहरुले महशुस नै गर्न सकेनन । उहाँका अनुसार जति धेरै भुकम्प आउने गर्दछन, त्यति नै मात्रामा ठुलो भुकम्प आउने सम्भावना कुरा कम हुन्छ । ‘तर पनि यो सम्भवाना छ कि यस क्षेत्रमा यो भन्दा ठुलो भुकम्प आउन पनि सक्छ, यसलाई नकार्न सकिदैन् ।’

तर पनि ठुलो भुकम्प आउने डरले यहाँको मानिसहरु घरभन्दा बाहिर सुत्छन्, उनीहरुलाई लाग्छ कि सानो सानो भुकम्पको धक्का महशुश भईरहेको छ, त्यसैले यो भन्दा ठुलो भुकम्प नआउला भन्न सकिन्न । अमेरेलीको मितियाला गाउँ भारतकै सबैभन्दा बढी भुकम्प आउने गाउँ हो । गुजरातको अमरेली जिल्लासहित यसका अधिकास क्षेत्र भुकम्पको सम्भावना भएको तीन क्षेत्र मध्ये एक हो ।

जसलाई मध्य क्षति जोखिम क्षेत्रको रुपमा बर्गिकरण गरिएको छ । बैज्ञानिहरुकका अनुसार अमेरिलीमा लगातार भुकम्प आइरहनेको कारण टेक्नोटिक चट्टानले आफनो स्थानमा गरिरहेको बदलाब र हाइड्रोलाजिकल ल्यान्डिङ मौसमी भुकम्पको गतिबिधिको कारण हो । स्मरणरहोस, गत जुन ५ मा भारतमा सबैभन्दा ठुलो झटका दिने भुकम्प आएको थियो ।