जनता टाइम्स

१४ फाल्गुन २०७९, आईतवार १९:०१

जब यौनकर्मी जस्मिन वेश्यालयका केटासँग प्रेममा परिन्


नेभाडा, १४ फागुन । वेश्यालयमा काम गर्ने जस्मिनले आफू ग्राहकसँग प्रेममा परेको बताएकी छिन् । जस्मीनले भनिन्– प्रेमीले मलाई यतिबेला सपोर्ट गरिहेका छन कि अरुहरु त्यसलाई सहजसै सहज महसुस गर्न सक्दैनन् । कानुनी रुपमा सञ्चालन भइरहेको वेश्यालयमा काम गर्ने जैस्मीन यतिखेर आफ्नो एक ग्राहकको प्रेममा परेकी छिन । जस्मिनले आफ्नो प्रेमी वेश्यालयमा नै भेटेको बताएकी छन् ।

उनी त्यहाँ प्रायः ग्राहक भएर आउने गर्दथे । पछि दुवै प्रेममा परे । यो घटना अमेरिकाको नेभाडाको हो, जहाँ वेश्यालयहरू कानुनी छन् । त्यसैले नेभाडालाई ‘रेड लाइट डिस्ट्रिक्ट’ पनि भनिन्छ । जैस्मीन मूल रूपमा कोस्टारिकाकी हुन् । जस्मिन सम्बन्धविच्छेदबाट गुज्रिएपछि र परिवारबाट कुनै सहयोग नपाएपछि जानाजानी यौन कार्यका लागि अमेरिका आएकी थिइन् ।

प्रसिद्ध युट्युबर ‘म्याट कलेन’ सँगको कुराकानीमा जस्मीनले आफ्नो कथा बाँडेकी छिन् । उनले भनिन् कि उनका प्रेमी प्रायः वेश्यालयमा आउँथे, जो हाल उनको गहिरो प्रेममा छन् । उनी सो वेश्यालयका नियमित ग्राहक थिए । नियमित वेश्यालयमा भएको सम्पर्क पछि दुबै नजिक आए । सन्देशबाट कुराकानी सुरु भयो । त्यसपछि अनलाइन गेम खेल्न थाले । त्यसपछि उनीहरु एकअर्कालाई डेट गर्न थाले ।

भारतीय मिडिया आजतकका अनुसार अन्ततः जस्मीन र उनको प्रेमी दुबै वेश्यालयमा सँगै काम गर्न थाले । जब जैस्मीनलाई वेश्यालयमा काम गर्ने व्यक्तिसँग डेटिङ गर्दा कस्तो लाग्छ भनेर सोधिएको थियो, उनले जवाफ दिइन्, यो फरक छ । धेरै फरक अनुभव । धेरै फरक अनुभव । आफ्नो प्रेमीका बारेमा उनी भन्छिन्– कहिलेकाहीँ ग्राहकले मलाई तनाव दिन्छन् । तिनीहरूले भावनात्मक रूपमा ब्ल्याकमेल पनि गर्छन, तर यो मेरो प्रेमी… मेरो प्रेमीले शान्त हुन सिकाउँछन ।’

उनी अरु जस्तो थिएनन् । उनी सबैभन्दा इमान्दार छन र मेरो पेशा प्रति निकै सम्मान गर्छन । त्यसकारण म पनि उनीलाई धेरै प्रेम गर्छु । युट्युब अन्तार्वार्ता हेरेका धेरैले मलाई सोध्ने गर्छन, के यो सम्भब छ । मैले भनेको छु, यो प्रेम हो, बेश्याबृति होइन । र, हामीले वेश्याबृति भित्र पनि प्रेम हुन्छ भनेर देखाएका छौं । धेरैलाई यो कुरा नपच्न सक्छ तर यो मैले अनुभव गरिरहेको छु । यो मेरो जीवनको सबैभन्दा मिठो पल हो ।

उनी मलाई धेरै सहयोग गर्छन त्यसैले त म अझै बढी उनीसँग मोहित हुन्छु । उनले आफ्नो प्रेम कथा भने पनि उनले आफ्नो प्रेमि भने सार्बजनिक गर्न मानिनन् । तर, उनले युट्युबमा अन्तवार्ता दिने क्रममा आफ्नो प्रेमीलाई पनि साथै राखेकी थिइन । उनको अन्र्तवार्ता हेरेर उनका प्रेमी मुस्काईरहेका थिए । तर, उनले पारिवारिक कारण सार्वजनिक हुन मानेनन । यति मात्रै भने, ‘हामी एकदिन सँगै अन्तावार्तामा देखिनेछौं । यो दिन चाँडै आउनेछ ।’