जनता टाइम्स

१६ फाल्गुन २०७९, मंगलवार ११:५३

प्रधानमन्त्री प्रचण्डले देशकै वेइज्जत गरेकोभन्दै प्रवासी नेपाली मञ्चद्वारा खेद व्यक्त


काठमाडौं, १६ फागुन । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति खेद व्यक्त गरेको छ । प्रधानमन्त्रीले परराष्ट्रमन्त्री विमला राई (पौडेल)लाई जेनेभा जान रोकेर देशकै वेइज्जत हुने काम गरेको मात्र नभई परदेशमा रहेका नेपालीहरूको सिर झुकाउने काम गरेकाले खेद व्यक्ति गरिएको जनाइएको छ ।

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीमा उपसचिव तथा प्रचार विभाग प्रमुख चानक पोखरेलले एक विज्ञप्ति जारी गर्दै प्रचण्डको पछिल्लो हरकत देशलाई विदेशीको खेल मैदान बनाउने प्रपञ्च भएको दावी गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डको यो खेल आफूसँगै देशलाई फसाउने आत्घाती निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

विदेशीको इशारामा देशको जिम्मेवार पार्टी नेकपा (एमाले) माथिको सुनियोजित हमलाले देशलाई सधैं अस्थिर बनाउने काममा प्रचण्डले नेतृत्व गरेको उल्लेख गर्दै विज्ञप्तिमा उहाँले एकमिनेट पनि मुलुकको कार्यकारी पदमा बसिरहन अनैतिक भएकाले राजीनामा दिन माग गरिएको छ ।