जनता टाइम्स

१६ फाल्गुन २०७९, मंगलवार ११:५९

मेरी बास्सैमा फेरी जोडिए माग्ने बुढा, थपिइन बेनिसा हमाल


काठमाडौं, १६ फागुन । हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे फेरि देखिने हुनुभएको छ।

आज मंगलबार प्रशारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भूमिकामा घिमिरे प्रस्तुत हुने मिडिया हवले जनाएको छ ।

मिडिया हबद्ये केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्वजनिक गरेर माग्ने बुढा फेरि मेरी बास्सैमा समावेश हुन लागेको जानकारी दिएको छ ।

मेरी बास्सैको मंगलबारको श्रृंखलामा केदार घिमिरेसँगैं बेनिशा हमाल पनि देखिनु हुनेछ । मेरी बास्सै माग्ने बुढालाई चिनाएको टेलिफिल्म हो। उहाँलाई यसै टेलिफिल्मले माग्ने बुढाका रुपमा परिचय दिएको थियो।

आफूलाई परिचय दिएको टेलिफिल्ममा फेरि देखिन पाउँदा उत्साहित भएको घिमिरेले बताउनुभएको छ ।