जनता टाइम्स

१६ फाल्गुन २०७९, मंगलवार १५:१८

स्रोत नखुलेको भारतीय रुपैयाँसहित तीन जना पक्राउ


मोरङ, १६ फागुन । विराटनगर महानगरपालिका–९ चुलाचुली मार्गबाट स्रोत नखुलेको १ लाख ८३ हजार ७ सय ५० भारतीय रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जहदा गाउँपालिका–७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका–३ का ३० बर्षीय नबि हुसेन रहेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त स्रोत नखुलेको भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।