काठमाडौं, १३ फागुन । व्यापारी दुर्गा प्रसाईँले गणतन्त्र, संघीयता खारेजीसहित ११ बुँदे माग राखेर आन्दोलनको घोषणा गर्नुभएको छ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईंले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर आफ्नो माग सार्वजनिक गर्दै आन्दोलनको घोषणा गर्नुभएको हो ।
राजतन्त्र स्वीकारेको २०४७ को संविधान लागु गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने, २० लाखभन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना गरी १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्नेलगायत ११ बुँदे माग राखेका प्रसाईंले यो आन्दोलनमा पूर्वराजपरिवारलाई नागरिकको हैसियतमा सहभागी हुन संविधानले अवरोध नगर्ने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्