जनता टाइम्स

१६ फाल्गुन २०७९, मंगलवार १९:०१

सुनसरीमा २८५ किलो गाँजाससहितको गाडी छाडी भाग्ने ड्राईभरको खोजी जारी


सुनसरी, १६ फागुन । करीब २ सय ५८ केजी गाँजासहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको गाडीको सबारी चालकको खोजी कार्य जारी छ । हरिनगर गाउँपालिका–५ नरकटियास्थित भुटाहा–घुस्की भित्री सडकमा नियन्त्रण्मा लिएको बिआर १ एके ६१०० नम्बरको भारतीय स्कारपियो गाडीको सवारी चालकको खोजी कार्य जारी राखिएको हो ।

सशस्त्र प्रहरीको सिमा सुरक्षा बल बसन्तपुरले जाँच गर्दा भारतीय स्कोपिरियोमा रहेका सबारी चालक सो गाडी रोक्ने वित्तिकै गाडी छोडेर भागे पछि खोजी कार्य जारी राखिएको हो । सशष्त्रका अनुसार उक्त गाडीमा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उक्त परिणामको गाँजा फेला परेको हो । बरामद गाँजा तथा गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।