काठमाडौं, १७ फागुन । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारकठपुतली भएको टिप्पणी गरेको छ ।
सरकारले भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगरी नेपाली बजारमा भित्र्याउने कदमप्रति अनेरास्ववियुले आपत्ति जनाएको हो ।अनेरास्ववियुका अध्यक्ष समिक बडालले आज एक विज्ञप्ति जारी गर्दै भन्नुभयो,’विषादीयुक्त तरकारीविना परीक्षण आयात गर्दाजनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र उक्त तरकारीहरूमा जीवनाशक विषादीको अवशेष भेटिने विषय जानकारी हुँदाहुँदै पनिभारतीय व्यापारी रिझाउन परीक्षण रोक्नु र नेपाली कृषकको उत्पादनले बजार नपाएर सडकमा नै फाल्दा सरकार रमिते हुनु दुःखद पक्षहो ।’
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले २०७६ असार २ गते देखि भन्सार विन्दुमा क्वारेनटाइन र जीवनाशक विषादी अवशेषपरीक्षण सुरु भएको उल्लेख गरेको छ।
हाल जीवनाशक विषादी अवशेषको अधिकतम सीमालाई निष्क्रिय बनाउने काम भएको आरोपलगाएको छ । सरकारको रवैयाप्रति आन्दोलनको मैदानमा उत्रन अनेरास्ववियुले आह्वान गरेको छ । अनेरास्ववियुले देशै भरी गर्ने सशक्तआन्दोलनमा समेत ऐक्यबद्धता जनाउन सम्पूर्ण सरोकारवाला पक्षहरूलाई अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्