जनता टाइम्स

३ भाद्र २०७६, मंगलवार ०८:४६

प्रधानमन्त्री ओलीद्वारा आज सर्वदलीय बैठक आव्हान, यस्ता छन एजेण्डा


काठमाडौं, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सम्वाद नभईरहेका बेला प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक बोलाउनु भएको हो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, संघीय समाजवादी र राजपा गरी चार दलका शिर्ष नेतालाई बोलाइएको छ । लामो समयदेखि अड्किएको संक्रमणकालीन न्यायसम्बन्धी विषयको टुंगो लगाउन सर्वदलीय बैठक बोलाइएको हो । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त नगरिँदा अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि दबाब बढाइरहेको सन्दर्भमा सर्वदलीय बैठकले त्यससम्वन्धि निर्णय गर्न सक्ने बताइएको छ ।

दुईमध्ये सत्यनिरूपणका प्रमुख नेकपा र बेपत्ता खोजबिनमा कांग्रेसनिकट व्यक्तिलाई नियुक्त गर्नेबारे दुई दलका नेताबीच छलफल भइरहेको छ। सत्यनिरूपणको प्रमुखमा गोविन्द बन्दी र बेपत्तामा सूर्य ढुंगेलको नाम चर्चामा रहेको बताइएको छ । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयमा छलफल पनि हुने बताइएको छ ।