जनता टाइम्स

१८ फाल्गुन २०७९, बिहीबार १४:०९

तीन वर्षीया छोरीको हत्या आरोपमा बुबा पक्राउ


बाग्लुङ, १८ फागुन । आफ्नै छोरी ३ वर्षीया अरिसा दिनको हत्या गरेकोआरोपमा बागलुङ नगरपालिका(१२ अमलाचौर घर भई जैमिनी नगरपालिका–४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई प्रहरीले पक्राउ गरेको छ ।

सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।