काठमाडौं, १९ फागुन। पुष्पकमल दाहाल प्रचण्ड जाने भनिएको दोहा सम्मेलनमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भाग लिनु हुने भएको छ ।
सचिवालयका सदस्य बिजय गौतमका अनुसार अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन श्रेष्ठ आज साँझ दोहो, कतार जान लाग्नुभएको हो ।
उपपधानमन्त्री श्रेष्ठ नेतृत्वको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ, उपप्रधानमन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, सांसद जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूत लगायत रहनु हुनेछ । फागुन २१ गतेदेखि २५ गते सम्म दोहामा सो सम्मेलन हुनेछ । श्रेष्ठ फागुन २३ गते स्वदेश फर्कनु हुनेछ ।
२५ गते हुने राष्ट्रपति निर्वाचन लगायतका कारण प्रचण्डले आफ्नो भ्रमण रद्द गरेपछि प्रधानमन्त्री जाने सो कार्यक्रम स्थगित भए पछि उपप्रधानमन्त्री श्रेष्ठ दोहा जान लाग्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्