काठमाडौं, १९ माघ । सभामुख देवराज घिमिरे वालुवाटारस्थित सरकारी भवनमा सर्ने हुनुभएको छ ।
गत ५ माघमा सभामुख चयन भए पनि वासस्थान नहुदाँ लोकन्थलीस्थित निवासमा बस्दै आउनुभएका सभामुख घिमिरे मन्त्रीपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने हुनुभएको हो ।
‘सोमवारको मन्त्रीपरिषद बैठकले सभामुखको निवास स्थान पुरानै सभामुख निवास तय गरेको छ, आवाश्यक प्रक्रिया पुरा भए पछि र रंगरोगनको काम सकिए पछि चाँडै नै सभामुख बालुवाटारस्थित सरकार निवासमा सर्नु हुनेछ, ’ घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले भने ।
सभामुखको सो निवासमा हाल राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बस्दै आउनुभएको छ । मन्त्री परिषदको निर्णयसँगै राष्ट्रियसभा अध्यक्ष त्यहाँवाट बाहिर जानु हुनेछ भने उहाँ पुरानै आफनै भवनमा बस्नु हुनेछ वा यसअघि सभामुख बस्दै आएको लेनचौरस्थितमा जानुहुनेछ त्यो भने निक्यौल भईसकेको छैन् ।
वालुवाटारमा प्रधानमन्त्री निवास भत्काएर नयाँ बनाउन थाले पछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली मुख्यसचिवले प्रयोग गर्दै आएको वालुवाटारस्थित सरकारी निवासमा सर्नु परेको थियो भने तत्कालिन सभामुख कृष्णबहादुर महरा यौन दुब्यावहारको आरोपमा थुनामा गएपछि रिक्त रहदै आएको सो भवनमा राष्ट्रियसभा अध्यक्ष सर्नुभएको थियो राष्ट्रियसभा अध्यक्ष बसेको भवनमा मुख्य सचिवलाई सारिएको थियो ।
तर, महरा थुनापछि रिक्त रहेको भवनमा अध्यक्ष तिमिल्सना बसिरहेका कारण त्यसपछि निर्वाचित भएर आएका सभामुख अग्नि सापकोटा भने वालुवाटारस्थित सरकारी निवासमा नबसेर लैनचौरस्थित निवासमा बस्दै आउनुभएको थियो । हाल उहाँ त्यहाँवाट सरे पछि सभामुख घिमिरे वालुवाटार जाने कि लैनचौर जाने भन्ने अन्यौल थियो तर गत सोमवारको मन्त्रीपरिषद बैठकले निर्णय लिए पछि उहाँ अब बालुवाटर जानुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्