विराटनगर, १९ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विगतलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्ने बताउनुभएको छ । विराटनगरमा आयोजित प्रदेशसभा सांसदसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले विगतमा राष्ट्रपति विवादमा पर्नुको कारणलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्ने बताउनुभएको हो ।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।
आफ्नै पार्टीबाट राष्ट्रपतिको उम्मेदवार भएपछि महामन्त्री शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा भएको कमिकमजोरीको समीक्षा गरेर यसपटक आफूहरु सेरेमोनियल राष्ट्रपति निर्वाचनमा धेरै सक्रियता देखाउनुपरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्