काठमाडौं, १९ फागुन । नेकपा एमालेबाट राष्ट्रपति पदका लागि उम्मेदवार रहेका सुवास नेम्बाङले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेटवार्ता गर्नुभएको छ । उहाँले आज बुद्धनगरस्थित जनमत पार्टीको कार्यालयमा भेटवार्ता गर्नुभएको हो । भेटमा नेम्वाङसँगै कृष्णगोपाल श्रेष्ठ, पृथ्वीसुब्बा गुरुङलगायत नेताहरु सहभागी थिए ।
भेटका क्रममा राष्ट्रपतिमा उहाँहरुले एमालेलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । नेम्वाङले आजै लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको थियो । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेबाट नेम्वाङ र नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल चुनावी मैदानमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्