जनता टाइम्स

१९ फाल्गुन २०७९, शुक्रबार १७:११

काम खोज्दै खोटाङ पुगेका सिरहाका सदा मृत फेला


खोटाङ, १९ फागुन । ज्यालादारी कामका लागि खोटाङ पुगेका सिराहा लौकिया महियानी गाउँपालिका ४० वर्षीय कासिन्दर सदा सुतेकै ठाउँमा मृत फेला पर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुढेस्थित नेपाली सेनाको भवन निर्माणका क्रममा लेवरको काम गरिरहनुभएको सदा आज बिहान सुतेकै ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताउनुभयो ।

दुई तीन दिनदेखि बिरामी पर्नुभएको सदा बिहीबार भने काममा जान सक्नुभएको थिएन । नियमित जाँडरक्सी सेवन गर्ने सदा बिहिबार बेलुका मकै खाएर सुत्नुभएको थियो । उहाँले राती वान्ता पनि गरेको खुलेको प्रहरीले जनाएको छ । मजदुरको काम गर्दै आउनुभएको सदा मुढेका राजकुमार तामाङको घरमा बस्दै आउनुभएको थियो ।