जनता टाइम्स

२० फाल्गुन २०७९, शनिबार १७:२९

माधव नेपालका भाइ छिमेकीको घरबाट खसेर गम्भीर घाइते


काठमाडौं, २० फागुन । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालका भाइ तथा सो पार्टीका केन्द्रीय सदस्य सरोज कुमार उपाध्याय छिमेकीको घरबाट लडेर गम्भीर घाइते हुनुभएको छ ।

नजिकैको घरबाट खसेर उपाध्याय गम्भीर घाइते भएको र हाल अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको नेकपा एसका उपमहासचिव डा. विजय पौडेलले बताउनुभयो ।

उपाध्याय दुर्घटनामा परेपछि केही युवाले देखेर तत्कालै निजामति अस्पताल लगेको र अहिले न्युरोमा उपचार भइरहेको पौडेलले बताएका छन् । उपाध्याय नेकपा एसको इन्जिनियर विभागका प्रमुख पनि हो ।