काठमाडौं, २० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा विश्वविद्यालय बनाउने नाममा विदेशीहरूको खेल मैदान बनाउने खेल भइरहेको बताउनुभएको छ । स्थानीय तह कर्मचारी संघ, नेपालले आज एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
‘मुस्ताङमा विश्वविद्यालय भनेको के हो ? मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो, राष्ट्रियतामाथिको प्रहार हो, मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘३१ साललाई ठूलो स्केलमा दोहोर्याउन खोजेको हो। स्वाधिनतालाई अस्वीकार गर्न खोजेको होरु विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँरु विश्वविद्यालयको नाममा विदेशीको खेल मैदान बनाउन खोजेको हो ।’
मान्छे नै नभएको ठाउँमा विश्वविद्यालय खोल्न खोजेर खास उद्धेश्यका मान्छे मात्र त्यहाँ बसोवास गर्न खोजेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्