जनता टाइम्स

२२ फाल्गुन २०७९, सोमबार १०:४७

प्रवासी नेपाली मञ्च प्रचार बिभागको पहिलो बैठक सम्पन्न, यस्ता छन निर्णय


कतार, फागुन २२ । प्रवासी नेपाली मञ्च, अन्तराष्ट्रिय कमिटी प्रचार तथा प्रकाशन विभागको पहिलो बैठक सम्पन्न भएको छ । बिभागले ४ मार्च २०२३ मा भर्चुअल माध्यमबाट पहिलो बैठक आयोजना गरी सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको गरेको हो ।

प्रचार तथा प्रकाशन विभागका प्रमुख चानक पोखरेलको अध्यक्षतामा बसेको बैठकमा प्रवासी नेपाली मञ्च, अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा प्रमुख अतिथि हुनुहुन्थ्यो ।

अन्तराष्ट्रिय स्तरबाट संसारको विभिन्न स्थानमा रहँदै नेकपा एमालेमार्फत समाज रूपान्तरणमा अहम भूमिका निर्वाह गरेका सुरेन्द्र थपलिया,सन्तोष दाहाल, बिनोद सापकोटा, खड्गप्रसाद आचार्य, सोमराज कन्दङवा, विनेश तामाङ, विष्णु पौडेल छिमेकी, खेमराज सुवेदी, कमल ओझालगायत विभागका सदस्यहरू सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले भन्नुभयो, “यसअघि पार्टीको प्रचारको काम अत्यन्त कमजोर रहेको वाम एकताको सरकार रहेको समयमा पुष्टी भएको थियो, पार्टीले गरेका राम्रो कामको प्रचार कम हुने, नभएका आरोपित कुराले पार्टीको स्वास्थ्य छवी सामाजमा धुमिल्याउने एकखाले प्रवृतिले प्राश्रय पाएको हुँदा अब अन्त्राष्ट्रिय प्रचार तथा प्रकाशन विभाग सक्रिय पूर्वक संगठनको काममा दत्त चित्त बनेर लाग्दै संगठनलाई अझै माथि उठाउन अहम भूमिका खेल्नु पर्छ ।“

प्रचार तथा प्रकाशन विभाग सदैव संगठनको मेरुदण्ड हुन्छ भन्दै “सपथ ग्रहण कार्यक्रम“ का अध्यक्ष चानक पोखरेलले “यो विभागको सदस्य हुनु भनेको साङ्गठनिक सदस्यहरूको निम्ति गौरवको विषय हो“ भन्दै संगठनलाई फाइदा हुने संगठनले गरेका सम्पूर्ण गतिविधिहरू राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा समाजमा पुर्याउने जिम्मेवारी अब यो विभागको हो भन्नुभयो । उक्त कार्यक्रमको सहजिकरण विभागका सचिव कमल ओझाले गर्नुभएको थियो।