जनता टाइम्स

२२ फाल्गुन २०७९, सोमबार १९:५५

होलीमा वनभोज आयोजना गरेर मिसन ग्रासरुट


जुम्ला, फागुन २२ । जुम्लामा मिसन ग्रासरुट अन्तर्गत आज होलीका अवसरमा वनभोज आयोजना गरे शुभकामना आदान-प्रदान गरिएको छ ।

केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले यसपटकको होली जुम्लाका कमरेडहरूसँग पिकनिक आयोजना गरेर रमाइलो तरिकाले मनाइएको उल्लेख गर्दै मिसन ग्रासरुटमा जुटिरहेकै समयका बीचमा जुम्लाका अगुवा कमरेडहरूसँग अभियानकै रूपमा खलंगाभन्दा माथिको चेर्याको चौरमा दिनभर अनौपचारिक कुराकानी, देउडा खेल र छलफल गरिएको बताउनुभयो ।

कार्यक्रममा मुख्यतः चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकका अगुवा कार्यकर्ताको सहभागिता थियो ।