जनता टाइम्स

३ भाद्र २०७६, मंगलवार १५:००

मध्यराती सिंहदरवार छिरेका थिए मृत भेटिएका नासु


काठमाडौं, भदौं ३ । सिंहदरबारस्थित राष्ट्रय योजना आयोगमा मृत भेटिएका नायब सुब्बा बच्चुराम केसी सोमबार राति ११ बजे कार्यालय प्रवेश तथ्यउ खुलेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट राती ११ बजे केसी कार्यालय छिरेको देखिएको बताएको हो ।

राष्ट्रिय योजना आयोगस्थित घटनास्थल पुगेर फर्किने क्रममा सांसद राजन केसीले उनी ११ बजे कार्यालय छिरेको प्रहरीले बताएको जानकारी दिनुभयो । राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा केसी बिहान आयोगको सभाहलमा मृत भेटिएका थिए ।

‘साँझ ५ः२७ बजे निस्केर पुनः राति ११ बजे छिरेको सीसीटीभी फुटेजमा देखिएको छ’, घटनास्थल निरीक्षण गरेर बाहिर निस्कने क्रममा सांसद केसीले प्रहरीको भनाई उधृत गर्दै पत्रकारसँग भन्नुभयो । मृतक केसी भुईँमा डल्लो परेर लडेको अवस्थामा देखिएको केसीको भानई छ । उहाँका अनुसार टेबलमा केरा र बट्टाहरू देखिएको छ ।

मृतक केसीको शव भेटिएको स्थानमै सेल्फस नामक विषादीको बट्टा पनि भेटिएको छ । फरेन्सिक चिकित्सक ल्याएर घटनाको थप अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरीले जानकारी दिएको छ । आयोगका उपाध्यक्ष प्रा. पुष्पराज कँडेल पनि घटनास्थल पुग्नुभएको छ । मृतक केसीकी श्रीमतीसहित परिवारका सदस्य पनि घटनास्थल आइपुगेका छन ।

केसी आयोग कार्यालयमा रहेको अनुगमन तथा मूल्यांकन महाशाखाको सभाहलमा मृत भेटिएका थिए । उनी सभाहलमा ढलिरहेको अवस्थामा देखेपछि बिहान पौने १० बजे आयोगकै कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । आयोगमै कार्यरत केसीले किन आत्महत्या गरे भन्ने अहिलेसम्म केही खुलेको छैन ।