काभ्रे, २४ फागुन । काठमाडौँ विश्वविद्यालय ९केयू०ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने खानीसम्बन्धी इन्जिनियरिङ विषयको अध्यापन थाल्ने भएको छ। देशभित्र खानी इन्जिनियरको अभाव हुँदै गएपछि विश्वविद्यालयले नेपालमा नै पहिलो पटक स्नातक तहमा भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ ९खानी इन्जिनियर०को अध्यापन गर्ने तयारी गरेको हो।
केयूले सुरु गर्न लागेको भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ विषयलाई गण्डकी विश्वविद्यालयले पनि सञ्चालन गर्न चासो देखाएको छ। केयूले आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा चारवर्षे भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ ९खानी इन्जिनियर० विषय अध्यापन सुरु गर्ने भएको छ।
“देशमा खानीजन्य उद्योगको विकास भए पनि यी उद्योगमा आवश्यक पर्ने इन्जिनियरको अभाव छ, त्यो अभाव पूरा गर्ने उद्देश्यले स्नातक तहमा चारवर्षे भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ ९खानी इन्जिनियर०को अध्यापन सुरु गर्न लागेका हौँ,” केयूका उपकुलपति प्राडा भोला थापाले बताउनुभयो।
उपकुलपति प्राडा थापाले थप्नुभयो, “हामीले सुरु गर्न लागेको उक्त विषयको पढाइ गण्डकी विश्वविद्यालयले पनि सञ्चालन गर्ने इच्छा देखाएको छ। उहाँहरूले उक्त विषयको पढाइको प्रवेश परीक्षा केयूले लिएर परीक्षाफल पनि केयूलाई नै गर्दिन आग्रह गर्नुभएको छ।”
उहाँले विश्वविद्यालयले पाठ्यक्रमको मस्यौदा तयार गरेको बताउनुभयो। प्राडा थापाले भन्न्भयो, “विद्यार्थीलाई खनिजको अन्वेषण, उत्खनन, प्रशोधन र उपयोगका लागि त्यसको गुणस्तरको सुनिश्चितता गर्न सिकाउनेछौँ।”
उहाँले नेपालमा उद्योग र निर्माणका लागि आवश्यक पर्ने चुनढु्ङ्गा, कोइला, रातो माटो, ग्रेनाइट, सिङ्गमर्मर, कोइला, सुन र बहुमूल्य र अर्ध–बहुमूल्य पत्थर ९टुरमलाइन, एक्वामेरिन, रुबी र नीलमणि० रहेको बताउनुभयो। उहाँले विश्वविद्यालयले एक वर्षमा ३० जना विद्यार्थीलाई भर्ना लिने बताउँदै देशभित्रै खानी इन्जिनियरको अध्यापन नभएका कारण खानी तथा भूगर्भ विभागमा दरबन्दीअनुसारको कर्मचारीको अभाव रहेको बताउनुभयो।
गण्डकी विश्वविद्यालयका उपकुलपति डा। नवराज देवकोटाले विश्वविद्यालयले भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ विषय सञ्चालनका गर्न केयूसँग सम्झौता गरेको बताउनुभयो। उहाँले गण्डकी प्रदेशभित्र खानीको ठूलो सम्भावना भएकाले खानीजन्य उद्योगका लागि आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले अध्यापन सुरु गर्ने बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्