जनता टाइम्स

२५ फाल्गुन २०७९, बिहीबार १७:५६

प्रधानमन्त्री प्रचण्डविरुद्धका मुद्दा ‘हेर्न नभ्याइने’मा


काठमाडौं, २५ फागुन । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ । माओवादी युद्धकालीन विषयलाई लिएर मंगलबार परेको रिटको सुनुवाइका लागि आज न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो ।

तर, हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । माओवादी युद्धकालमा मारिएका भनिएका १७ हजार व्यक्तिमध्ये आफूले पाँच हजारको जिम्मा लिने १ माघ २०७६मा दिएको प्रचण्डको सार्वजनिक अभिव्यक्तिलाई साबिती बयानको रुपमा लिँदै गत मंगलबार सर्वोच्च अदालतमा दुईवटा छुट्टाछुटै रिट दर्ता भएको थियो ।