काठमाडौ, फागुन २६ । राष्ट्रपति निर्वाचित भएको भोलिपल्ट शुक्रबार आफ्नै बाचाविपरीत रामचन्द्र पौडेल सडक खाली गराएर पूजाअर्चनाका लागि पशुपति मन्दिर पुग्नुभएको थियो ।पौडेल बिहान ९ बजेतिर पुजाका लागि पशुपति पुग्नुभएको हो । उहाँले त्यहाँ करिब डेढ घन्टा पूजा आज गर्नुभएको थियो । उहाँ पशुपति जाँदा र त्यहाँबाट निस्किँदा सडकको बायाँ लेन खाली गराइएको थियो।
पशुपतिमा पूजा सकाएपछि करिब पौने ११ बजे त्यहाँबाट पौडेल सुन्दरीजल जानुभएको थियो। त्यहाँ उहाँले बीपी कोइरालाको सालिकमा माल्यार्पण गर्नुभएको थियो । पौडेलको सवारीका लागि एकातर्फको लेन खाली गराएपछि सडकमा ट्राफिक जाम भएको थियो।
कार्यालय जाने समयमा जाममा फसेका सर्वसाधरणले हर्न बजाएर असन्तुष्टि जनाएका थिए।राष्ट्रपति निर्वाचनमा पहिलो मत खसालेपछि पौडेलले बिहीबार संसद् भवनको ल्होत्से हलमा पत्रकारहरूसँग राष्ट्रपति निर्वाचित भएपछि आफूले सर्वसाधारणलाई सास्ती हुने गरी ट्राफिक जाम हुन नदिने बताउनुभएको थियो । तर निर्वाचित भएको भोली पल्टै उहाँले आफ्नो बोलेको कुरा पुरा गर्न सक्नुभएन । उहाँले भन्नुभएको थियो , “म राष्ट्रपति बनेपछि शीतल निवासबाट बाहिर निस्कँदा जनताले सडक जामको सास्ती भोग्नुपर्दैन।”
प्रतिक्रिया दिनुहोस्