जनता टाइम्स

२८ फाल्गुन २०७९, आईतवार १७:२१

राष्ट्रिय सभाको बैठक ८ चैतमा


काठमाडौं, २८ फागुन । भोलीका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक १० दिनपछि बस्ने गरी सारिएको छ ।

भोली दिउँसो १ः०१ बजे बस्ने गरी डाकिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवस १० दिनपछि बस्ने गरी सारिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभएको छ ।

सचिव फुयालका अनुसार भोलीका लागि बोलाइएको बैठक अब ८ चैत बुधबार दिउँसो १ः०१ बजे बस्नेछ ।

यसबारे फुलालले जारी गरेको सूचना :

मिति २०७९ साल फागुन २९ गते सोमबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय अध्यक्षज्यूले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा २०७९ साल चैत ८ गते बुधबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

राजेन्द्र फुयाल
राष्ट्रिय सभाको सचिव