जनता टाइम्स

२९ फाल्गुन २०७९, सोमबार १५:५१

लागुऔषधसहित दुई जना पक्राउ


सुनसरी, २९ फागुन । धरान उपमहानगरपालिका—१६ नौलोबस्तीबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १२ हजार २ सय क्याप्सुल र स्पास्पेइन ५ सय ३० क्याप्सुलसहित सोही ठाउँ बस्ने २७ वर्षीय प्रभु साह समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यलय विराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।