जनता टाइम्स

२९ फाल्गुन २०७९, सोमबार २०:४०

दैलेख केन्द्रविन्दु भएर भुइँचालो


काठमाडौं, फागुन २९ । दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भुइँचालो गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भुइँचालो गएको हो। यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो।