काठमाडौं, ३० फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज लण्डन जाँदैहुनुहुन्छ । फागुन ३० देखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर सहित ४ सदस्यीय टोली आज साँझ लण्डन जान लाग्नुभएको हो । टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद जैसवाल रहेको बालेनको सचिवालयले जानकारी दिएको छ ।
बालेनले काठमाडौं महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डङ्गोललाई दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्