काठमाडौं, ३० फागुन । नेपाली कथानक चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’की नायिका जसिता गुरुङको फर्स्टलुक सार्वजनिक भएको छ । रेनशा राई रानाको निर्देशनमा तयार भएको चलचित्रकी मुख्य नायिका जसिताको फरक अवतारसहितको फर्स्टलुक रिलिज भएको हो । जसितालाई पनि डान्सरको रूपमा देख्न सकिन्छ ।
यसअघि सार्वजनिक प्रचार सामग्रीमा नायक धिरज मगर मात्रै फिचर्ड थिए । प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माणमा तयार भएको चलचित्रमा जसितालाई ‘रुबी’ पात्रको भूमिकामा देख्न सकिनेछ । वैशाख २१ गते रिलिज हुने चलचित्रमा धिरज र जसितासँगै अरुण क्षेत्री, प्रेम सुब्बालगायत कलाकार पनि मुख्य भूमिकामा छन् ।
प्रतिक्रिया दिनुहोस्