काठमाडौं, ३० फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस आरआरमा विभिन्न विद्यार्थी संगठनले संयुक्त रूपमा विभिन्न माग राखी कालो ब्यानर टाँगेका छन् । स्ववियु निर्वाचन नजिकिँदै गर्दा कतिपय क्याम्पसमा अझै विरोध कार्यक्रम भइरहेका छन् ।
क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको अराजक शैलीविरुद्ध भन्दै सत्ता गठबन्धनका विद्यार्थी संगठन नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अखिल (क्रान्तिकारी)–विप्लव, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघ, राष्ट्रवादी विद्यार्थी संघ, क्रान्तिकारी विद्यार्थी आन्दोलन, अखिल (छैठौँ) स्वतन्त्र विद्यार्थी सञ्जाल र नेपाल समाजवादी विद्यार्थी युनियनले संयुक्त रूपमा विरोध कार्यक्रम गरेका हुन् ।
फर्जी र अवैध मतदाता नामावली खारेज गरिनुपर्ने, निर्वाचन अधिकृतले राजीनामा दिनुपर्नेलगायत माग उनीहरूले राखेका छन् । आगामी चैत ५ गते स्ववियु निर्वाचनअन्तर्गत देशभरका क्याम्पसमा मतदान हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्