काठमाडौं, ३० फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रले एमालेसँग गठबन्धन तोडेर घातक बाटो रोजेको बताउनुभएको छ । सुर्खेतको मेहलकुनामा मंगलबार आयोजित मिसन ग्रासरूटअन्तर्गत प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव भट्टराईले देशी विदेशी शक्तिको प्रभावमा परेर प्रधानमन्त्री प्रचण्डले एमालेसँगको गठबन्धन तोडे बताउदै आगमी बाटो सहज नहुुने दावी गर्नुभयो ।
उहाँले भन्नुभयो ‘गठबन्धन टुटाउन अँध्यारो कोठाभित्र जे जति षड्यन्त्र भए, त्यसको पर्दा खुल्दै जानेछ । तर, यस्तो गठबन्धनले मुलुक र जनताको पक्षमा कुनै काम गर्दैन’ । सचिव भट्टराईले एमालेले कुनै विदेशी शक्तिको नून खाएर भक्तिभाव नगर्ने बताउनुभयो । नेपालको सार्वभौमसत्ता र अखण्डता रक्षा गर्न एमाले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको उहाँको भनाइ छ । पछिल्लो पटक एमाले र माओवादीबीच बनेको गठबन्धनलाई विदेशी शक्तिको प्रभाव परेर माओवादीले भत्काएको सचिव भट्टराईले आरोप लगाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्