जनता टाइम्स

१ चैत्र २०७९, बुधबार ०६:४७

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाडौं, १ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

बैठकमा आसन्न उपराष्ट्रपति निर्वाचन, चितवन र तनहुँमा हुने उपनिर्वाचन, समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।