काठमाडौं, २ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ । रास्वपाले उपराष्ट्रपतिको निर्वाचनका विषयमा निर्णय लिन भोली बिहान साढे ११ बजे बस्ने गरी पदाधिकारी र दलको संयुक्त बैठक बोलाएको हो ।
राष्ट्रपतिको निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा निर्णय लिन बैठक बोलाएको हो । उपराष्ट्रपतिको निर्वाचन भोली नै रहेको छ ।













प्रतिक्रिया दिनुहोस्