भक्तपुर, २ चैत । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको नेपाल क्रान्तिकारी किसान संघले मूल्यवृद्धिविरुद्ध प्रदर्शनमा उत्रिने भएको छ । रासायनिक मलमा गरिएको मूल्यवृद्धिविरुद्ध आज अपरान्ह काठमाडौंमा प्रदर्शनमा उत्रिन लागेको हो ।
काठमाडौंको सुन्धाराबाट निकालेको जुलुस रत्नपार्कमा पुगेर सभामा परिणत हुने जनाइएको छ । जुलुस सुन्धाराबाट न्युरोड, इन्द्रचोक, असन, भोटाहिटी, जमल हुँंदै रत्नपार्कमा पुगेर सभामा परिणत हुने पार्टीले जनाएको छ । सभामा पार्टी नेता तथा किसान नेताहरुबाट सम्वोधन हुने जनाइएको छ ।















प्रतिक्रिया दिनुहोस्