काठमाडौं, चैत्र २ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँग भएको एकदिवसीयमा नेपालका ब्याटर भीम सार्कीले अर्धशतक बनाएका छन् । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा भुर्तेलले ६० बलमा ६ चौका प्रहार गर्दै ५० रन बनाएका हुन् ।
अहिले क्रिजमा आरिफ सेख र भीम सार्की खेलिरहेका छन् । आरिफ सेखले भने ३१ बलमा २२ रन बनाएर खेलिरहेका छन् । बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको छ ।
प्रतिक्रिया दिनुहोस्