जनता टाइम्स

२ चैत्र २०७९, बिहीबार १७:३३

बारीको ढुंगा निकाल्न लाग्दा माथिबाट खसेको पहिरोमा च्यापिएर एक जनाको मृत्यु


सिन्धुली, २ चैत । सिन्धुलीको फिक्कल गाउँपालिकामा खसेको पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ । बारीको ढुंगा निकाल्न लाग्दा माथिबाट खसेको पहिरोमा च्यापिरएर आज दिउँसो ३५ वर्षीय टेकबहादुर परियारको मृत्यु भएको हो ।

ढुंगा निकाल्ने क्रममा माथिबाट खसेको पहिरोमा च्यापिएर गाउँपालिका ३ खुरहरिका ३५ वर्षीय परियारको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । पहिरोले च्यापिएर सख्त घाइते भएका परियारलाई तीनपाटन गाउँपालिका बाहुनतिल्पुङ स्वास्थ्य चौकीमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।