जनता टाइम्स

४ भाद्र २०७६, बुधबार १६:१२

‘आ है तीज आयो’ गीतमा नीता र सुष्मा महरा (भिडियोसहित)


काठमाडौं, भदौ ४

गायिका मीना निरौलाले ‘आ है तीज आयो’ बजारमा ल्याएकी छन् । सुष्मा महराको शब्द रचनामा आएको यस तीज गीतको भिडियोमा नीता ढुंगना र महराकै अभिनय रहेको छ ।

गीतमा महरा र ढुंगानाले कम्मर मर्काएको देखिन्छ भने गीतमा तीजको रमाइलो पक्षलाई जोडेर राखिएको छ । यस्तै गीतको भिडियोलाई नमराज घिमिरेले छायांकन गरेका हुन् भने प्रविण थापाले निर्देशन गरेका हुन् ।