जनता टाइम्स

३ चैत्र २०७९, शुक्रबार १२:४१

उपराष्ट्रपतिमा म जित्नेमा आसावादी छु : अष्टलक्ष्मी शाक्य


काठमाडौं, चैत ३ । उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले निर्वाचनमा आफूले जित्ने बताउनु भएको छ । संसद भवन नयाँ बानेश्वरमा शुक्रबार पत्रकारसँग कुरा गर्दै शाक्यले उपराष्ट्रपति निर्वाचन परिणाम आफू अनुकूल हुने बताउनु भएको हो ।

नेकपा एमालेबाट उपराष्ट्रपति उम्मेदवार शाक्यले पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्ने संविधानको भावना भएपनि त्यसतर्फ केही दलहरूको ध्यान नगएको बताउनु भयो ।

‘उपराष्ट्रपतिमा म जित्नेमा आसावादी छु । उपराष्ट्रपति निर्वाचन आफ्नो अनुकूल हुने देख्छु म,’ शाक्यले भन्नुभयो । निर्वाचनमा शाक्यसहित जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहाय यादव उम्मेदवार हुनुहुन्छ । अहिले मतदान जारी छ।