जनता टाइम्स

३ चैत्र २०७९, शुक्रबार १६:१५

पाँंच उत्कृष्ट सर्ट भिडियो मेकर पुरस्कृत


भक्तपुर, ३ चैत । भक्तपुरमा भएको छोटो भिडियो बनाउने प्रतियोगितामा उत्कृष्ट पाँंचजना भिडिया बनाउनेहरु पुरस्कृत भएका छन् । उनीहरूलाई ख्वप मावी देकोचा भक्तपुरका भ्वाइस प्रिन्सिपल विष्णुप्रसाद किसीले पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगितामा गंगा शाक्य, सारु लामा, सरोज शिल्पकार, मिलान भुजेल र सुष्मिता तामाङको भिडियो उत्कृष्ट हुन सफल भयो । प्रतियोगितामा मानविकी संकायअन्तर्गत राजनीतिशास्त्रका विभिन्न विषयहरुमा अध्यनरत २४ जना विद्यार्थीहरू सहभागी भएका थिए ।