जनता टाइम्स

४ चैत्र २०७९, शनिबार ११:४८

पाकिस्तानी पुर्व प्रधानमन्त्री खान आज अदालतमा हाजिर हुँदै


काठमाडौं, ४ चैत । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन् । तोशाखाना मुद्दामा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खान विरुद्ध गैर जमानती वारेन्ट जारी गरिए पछि उनी अदालतमा हाजिर हुन लागेका हुन् । अदालतले उनलाई १८ मार्चमा अदालतमा हाजिर हुन भने पनि खानले सुरक्षा चिन्ता गर्दै आएका थिए ।

जसका कारण मुद्दाको सुनुवाइ गर्ने ठाउँ परिवर्तन भएको छ भने सुनुवाइ इस्लामाबादको अदालतको सट्टा अब न्यायिक कम्प्लेक्समा हुनेछ। अदालतले उनलाई चैत २८ गतेसम्म जमानत दिएको छ । उपहार पाएको सामग्री गैरकानुनी रुपमा बिक्रिी गरेको तथा महिला न्यायधिस माथी गैर न्याययिक टिप्पणी गरेको अभियोग उनी माथी छ । गत साता उनलाई पक्राउ गर्ने प्रयास भए पछि उनका समर्थकहरुले प्रतिवाद गरेका थिए । सो प्रतिवादमा भएको झडपमा दर्जर्नौै घाइते भएका थिए ।