जनता टाइम्स

५ चैत्र २०७९, आईतवार ०८:३४

कलाकार संघमा निरौला बिजयी


काठमाडौं, ५ चैत । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित हुनुभएको छ ।

शनिवार भएको निर्वाचनमा उम्मेदवार रेजिना उप्रेतीलाई पराजित गर्दै निरौला अध्यक्ष निर्वाचित हुनुभएको हो ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा कविता गेलाल, उपाध्यक्षमा शिवहरि नेपाल बैरागी निर्वाचित भएका हुनुभएको छ भने महासचिवमा सविन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

उता, सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा शितल केसी, गोपाल ढकाल, उद्धव भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, रञ्जना खड्का खुश्बु, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समिर लामा छन्।