जनता टाइम्स

५ चैत्र २०७९, आईतवार १४:००

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित


काठमाडौं, ५ फागुन । पूर्वमन्त्री घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित भएका छन् । एमालेबाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीले महासचिवमा एमाले परित्याग गरेका भुसाललाई महासचिवमा नियुक्त गरेको हो ।

आज बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो ।

महासचिवको जिम्मेवारीमा रहनुभएको बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनित गर्दै बैठकले भुसाललाई महासचिवमा मनोनित गरेको हो । साथै बैठकले उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ ।