जनता टाइम्स

५ चैत्र २०७९, आईतवार १५:०४

सत्य निरुपण तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन विधेयक संसदमा पेस


काठमाडौं, ५ चैत । संसदमा बेपत्ता पारिएका व्यक्तिकको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस गरिएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले उक्त विधेयक पेस गर्नुभएको हो ।

सांसदद्वय ज्ञानबहादुर शाही र प्रेम सुवालले राखेको विरोधको सूचनालाई बैठकले अस्वीकृत गरेपछि मन्त्री शर्माले उक्त विधेयक पेस गर्नुभएको हो ।