जनता टाइम्स

५ चैत्र २०७९, आईतवार १७:२३

प्रधानमन्त्रीका मानव अधिकार सल्लाहकारद्वारा राजीनामा


काठमाडौं, ५ चैत । प्रधानमन्त्रीका शान्ति तथा मानव अधिकार सल्लाहकारले राजीनामा दिनुभएको छ ।

शान्ति तथा मानव अधिकार सल्लाहकारको भूमिकामा रहनुभएको पूर्व कानुनमन्त्री गोविन्द बन्दीले आज आफ्नो पदबाट राजीनामा दिनुभएको हो ।

बन्दीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा दिएको र सो राजीनामा आजै स्वीकृत भएको स्रोतले जनाएको छ ।