जनता टाइम्स

६ चैत्र २०७९, सोमबार ०९:५४

स्वविय निर्वाचन : मोरङका ४ क्याम्पसमा अनेरास्ववियु विजयी


विराटनगर. ६ फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा मोरङका चार वटा क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ । डिग्री क्याम्पस विराटनगर, विराटनगर नर्सिङ क्याम्पस, लेटाङ बहुमुखी क्याम्पस, रमाइलो बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी भएको हो ।

उर्लाबारी बहुमुखी क्याम्पस र पथरी बहुमुखी क्याम्पसमा नेपाव विद्यार्थी संघ विजयी भएको छ ।डिग्री क्याम्पस विराटनगरको सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार शशि यादवलाई पराजित गर्दै अनेरास्ववियुका निर्मल गजुरेल निर्वाचित हुनुभएको छ । उहाँ १२३ मतका साथ विजयी हुनुभएको हो। शशी यादवले ११८ मत पाउनुभयो । सचिवमा नेपाल विद्यार्थी संघका विराज बराल विजयी हुनुभएको छ । विराटनगर नर्सिङ क्याम्पसको सभापतिमा नेविसंघ उम्मेदवार स्मारिका बराललाई पराजित गर्दै अनेरास्वविय उम्मेदवार प्रशंशा पौडेल विजयी हुनुभएको छ । नर्सिङ क्याम्पसको सचिवमा अनेरास्ववियुकी मनिषा श्रेष्ठ विजयी हुनुभएको छ ।लेटाङ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघ उम्मेदवार लेखनाथ दाहाललाई पराजित गर्दै अनेरास्ववियुका उम्मेदवार छवी श्रेष्ठ निर्वाचित हुनुभएको हो ।रमाईलो बहुमुखी क्याम्पसमा अनेरास्ववियु उम्मेदवार मालती रेग्मी विजयी हुनुभएको छ।

अखिल क्रान्तिकारीका उम्मेदवार अनिष कार्कीलाई पराजित गर्दै रेग्मी विजयी हुनुभएको हो । सो क्याम्पसको सचिवमा खगेन्द्र लुइटेलसहित अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका उम्मेदवार विवेक कार्की विजयी हुनुभएको छ । उहाँले अनेरास्ववियु उम्मेदवार प्रीति दाहाललाई पराजित गनुृभयो । पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका केशव राई विजयी हुनुभएको छ । ३७० मतसहित थुलुङ विजयी हुँदा अनेरास्ववियुका उम्मेदवार उज्वल लकान्द्री १७६ मत पाउनुभएको थियो ।खदम क्याम्पस, केराबारीको सभापतिमा अखिल क्रान्तिकारीका सिमान्त लुइटेल निर्विरोध निर्वाचित भएका छन् ।स्ववियु निर्वाचन भएको महेन्द्र मोरङ क्याम्पसमा मतगणना जारी छ । सुकुना बहुमुखी क्याम्पसमा भने आज मतदान हुँदैछ ।