जनता टाइम्स

८ चैत्र २०७९, बुधबार २२:४९

बालुवाटार बैठक निष्कर्षविहीन, दलहरुवीच बन्यो असहमितको खाड्ल


काठमाडौँ, ८ चैत्र । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बैठक निष्कर्षविहीन भएको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।मन्त्रालय बाँडफाँटबारे सहमति जुट्न नसकेकोपछि थप छलफल गर्नेगरी बैठक सकिएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु सहभागी थिए । राजनीतिक विश्लेषकहरुले सत्ता बाँडफाडमा दलहरुवीचनै असहमति उत्पन्न हुने र प्रधानमन्त्री प्रचण्डले एकल सरकार भएको मौकामा विभिन्न निणर्य गरेका कारण १० दल वीच फाटो उत्पन्न भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले केहि दिन अघि आफ्नो स्वार्थ अनुकुलका निणर्य गरेका कारण दलहरुवीच नै मतभेद उत्पन्न भएको बैठकमा सहभागि एक सदस्यले बताउनुभयो । उहाँले बैठकमा सहभागीदलहरुले उप प्रधानसहित मालदार मन्त्रालयको दावी गरेपछि मन्त्रीमण्डल विस्तार थप संकट देखा परेको बताउनुभयो ।