जनता टाइम्स

१० चैत्र २०७९, शुक्रबार १७:३७

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त


हेटौँडा, १० चैत । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमार्फत उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । उहाँले दोस्रोपटक विश्वासको मत पाउनुभएको हो ।

गत १३ फागुनमा राप्रपाका ३ जना मन्त्रीहरुले राजीनामा दिँदै सरकारलाई समर्थन समेत फिर्ता लिएका कारण आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुभएको हो । ११० सदस्यीय बागमती प्रदेशसभामा विश्वासको मत पाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री जम्कट्टेल राखेको विश्वासको मतको पक्षमा ६७ मत परेको हो भने विपक्षमा १७ मत पर्यो । साथै ७ जना सांसद भने तटस्थ बसेका छन् ।

मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिए भने एमाले र राप्रपाले दिएन । बागमती प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकिकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।