जनता टाइम्स

११ चैत्र २०७९, शनिबार ११:१२

प्रेस चौतारी नेपाल आफ्नो मूल्य मान्यताबाट डगमगाउँदैन : अध्यक्ष गणेश बस्नेत


काठमाडौं, चैत ११ ।  प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारीका कुनै पनि सदस्य माथि कसैले आक्षेप लगाए सशक्त प्रतिवाद गर्ने बताउनुभएको छ ।

शनिबार भक्तपुरमा आयोजित प्रेस चौतारी नेपाल वाग्मती प्रदेश कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले प्रेस चौतारी नेपालको आफ्नै स्थापित मान्यता र परम्परा रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल आफ्नो मूल्य र मान्यताबाट नडगमाउने उहाँले प्रष्ट पार्नुभयो ।

संगठनको कार्यक्रमलाई प्राथमिकता नदिने व्यक्ति प्रेस चौतारीमा नअटाउने पनि उहाँले प्रष्ट पार्नुभयो । यस विषयमा स्पष्ट हुन चौतारीका नेतालाई उहाँले आग्रह गर्नुभयो ।

प्रेस चौतारी नेपाल आबद्ध पत्रकारले प्रतिस्पर्धामा श्रेष्ठता कायम गर्नुपर्ने उहाँले बताउनुभयो । त्यसो गर्न सकिएन भने संगठनको साख गिर्ने उहाँले प्रष्ट पार्नुभयो ।

अध्यक्ष बस्नेतले प्रेस चौतारीमा अब नेताको फेरो समातेर नेता बन्न सकिंछ कि भन्ने सोच नराख्न सुझाव पनि दिनु भयो ।